प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिकामा माध्यमिक बिद्यालय स्तरिय बक्तित्वकला प्रतियोगीता सम्पन्न भएको छ । बुधबार विश्वबाल दिवसका अवसर पारेर पालिकामा रहेका माध्यमिक बिद्यालय स्तरिय बक्तित्वकला प्रतियोगीता गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो ।
प्रतियोगीतामा नौबहिनी-५, स्थित गाबै माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रा बासना केसीले प्रथम स्थान हासिल गर्नुभयो भने, नौबहिनी-६, स्थित गंगा माध्यमिक बिद्यालय बहानेमा अध्ययनरत छात्रा जानकी सुनार द्धितिय, नौबहिनी-४, स्थित दुर्गा माध्यमिक बिद्यालय खवाङमा अध्ययनरत छात्र शिवु गिरी तृतिय स्थान प्राप्त गर्नुभयो । त्यस्तै नौबहिनी-७, स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय गोगनपानीमा अध्ययनरत छात्र मान बहादुर पुन मगरले सान्तवना स्थान हासिल गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
बक्तित्वकला प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्तवना हुने छात्रछात्रालाई क्रमश १० हजार,७ हजार,५ हजार, ३ हजार र प्रतियोगितामा सहभागीलाई एक एक हजार नगद पुरस्कार प्रमाणपत्र प्रदान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो । “बाल विवाह र यसले शिक्षा, समाज र राष्ट्रमा पार्ने असर” बिषयक वक्तित्वकला प्रतियोगितामा सहभागी छात्रछात्राले आफ्नो बिचार राखेका थिए ।
गाउँ समुदायमा बढ्दो बालविवाह न्यूनिकरण गर्न यो प्रतियोगिताले सहयोगी भुमिका खेल्ने अपेक्षा लिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो। स्थानीय सरकार मात्र नभएर समुदाय, बिद्यालय, घर परिवार समेतबाट बालविवाह न्यूनिकरण गर्न अभियान सुरु गर्नुपर्ने उहाँको भनाइ छ । उमेरै नपुगी विवाह गर्नाले बालबालिकालाई शारिरिक, मानसिक रुपमा समेत असर पर्ने भएकोले सजगता अपनाउन आग्रह गर्नुभयो ।
बालविवाह अन्त्यका लागी स्थानिय तह, समुदाय, बिद्यालय र बिद्यालय स्तरका बालबालिका नै एकैसाथ हातेमालो गर्दै अगाडि बढ्न सकेमात्र बालविवाह कमि ल्याउन सकिने पालिका उपाध्यक्ष बिस्ना थापाले बताउनुभयो ।
पछिल्लो समय ग्रामिण स्तरमा बालविवाहको ग्राफ बढ्दै गएकोले बालविवाह न्यूनिकरण गर्न सचेतना अभियान संगै आम समुदाय नै जागरुक हुनुपर्ने आवस्यकता रहेको प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले बताउनुभयो । बाल विवाह न्यूनीकरणको लागि समुदाय स्तरमा विभिन्न सचेतता अभियान संचालन गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीयको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमले बालविवाह न्यूनीकरण र विद्यार्थीको वक्तित्वकलाको सीप बिकास गर्न मद्दत पुग्ने अपेक्षा पालिकाले लिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष दिलबहादुर थापाको प्रमुखआतिथ्यता तथा उपाध्यक्ष विस्ना थापाको विशेष आतिथ्यतामा रहेको थियो भने कार्यक्रमको सञ्चालन कर्मचारी राधा बस्नेतले गर्नुभएको थियो




S.K. Creative Media Group