प्यूठान । जिल्लाको झिमरुक गाउँ पालिकाले प्रधानाध्यापकहरुसँग शैक्षिक सुधारको लागि नियमित बैठक गर्दै आएको छ । शुक्रबार गाउँपालिकाको आयोजनामा भएको बैठकमा सामुदायिक तथा संस्थागत बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नियमित बैठकमा छलफल भएको हो ।

बैठकमा प्रधानाध्यापकले आफ्नो बिद्यालयको समग्र गतिविधिको बारेम रिपोर्टिङ गर्नुभएको थियो । शैक्षिक क्यालेन्डर र बिद्यालयले तयार गरेको कार्ययोजनामा भएको प्रगति र बिद्यालयमा पठनपाठनको सन्दर्भमा परेको विभिन्न समस्याको बिषयमा प्रत्येक बिद्यालयले आफ्नो अनुभव आदानप्रदान गर्नुभएको थियो ।

बैठकमा उठेका कतिपय नितिगत सवालको बिषयमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले सहभागीलाई स्पष्ट पार्नुभयो । प्रमुख प्रशासकीय अधिकृत थापाले गुणस्तरीय शिक्षाको लागि शिक्षकले आफुलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको बिकास बिना अन्य विकास अधुरो हुने भएको भन्दै शिक्षक, शिक्षिकाहरु जिम्मेवार भएर शैक्षिक गुणस्तर वृद्धिको लागि खट्नुपर्ने बताउनुभयो ।

विद्यार्थीहरुको पठनशिपलाई थप सृजनशिल बनाउन शैक्षिक र प्रशासनिक सुधार जरुरी रहेकोले संबेदनसिल भएर अगाडि बढ्न आग्रह गर्नुभयो। अघिल्लो शैक्षिकसत्रमा आफ्नो बिद्यालयले प्राप्त गरेको नतिजालाई विश्लेषण गर्दै थप सुधारको उपाय खोजी गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

विद्यालय शैक्षिक सामाग्री वितरण

बैठकमा गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । झिमरुक गाउँपालिका-८ स्थायी घर भइ हाल अमेरिका रहनुहुने माधव बहादुर थापाले उपलब्ध गराउनु भएको एक लाख ५० हजार सहयोग रकमबाट शैक्षिक सामाग्री वितरण गरिएको शिक्षा अधिकृत मोहन विसीले जानकारी दिनुभयो ।

उक्त सहयोग रकमबाट आवस्यक सामाग्री पालिकामा रहेका ४६ वटा सामुदायिक र ६ वटा संस्थागत गरी ५२ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बिसीले जानकारी दिनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा सहयोगदाता माधव बहादुर थापाको बुवा गोबिन्द बहादुर थापाको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहयोगदाता थापालाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको छ।

शिक्षा शाखा प्रमुख मोहन विसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम संचालन शिक्षा शाखाका प्राविधिक सहायक पुष्प रानाले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक शिक्षक, शिक्षिका, लगायक्त कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय