काठमाडौं। सुनको मूल्य निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुनको मुल्य घटेको हो ।

 

बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर एक लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।

 

यसैगरी, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ४ सय ५० रुपियाँ कायम भएको छ । यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७ सय ५० रुपियाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपियाँले घटेर १४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय