प्युठान । प्युठान स्वर्गद्वारी नगरपालिकामा विभिन्न राजनीतिक दलमा आवद्ध नेताकार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। सोमबार स्वर्गद्वारी नगरपालिका- ४, बाजिपुरका हरेक पार्टीमा आवद्ध रहेका १ सय ५० जना नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
नेकपा एमाले स्वर्गद्वारी नगरकमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्तालाई पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले टीका र खादा र फूलको गुच्छा उपहार प्रदान गर्दै नेकपा एमाले पार्टीमा स्वागत गर्नुभयो।
नेपाली काँग्रेसका नेता शिवबहादुर खड्कासहित राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि १५० जनाले नेकपा(एमाले)मा प्रवेश गर्नुभएको स्वर्गद्वारी नगर कमिटीले जनाएको छ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका थापाले नव प्रवेशिलाई स्वागत गर्दै नेकपा एमाले नीति सिद्धान्तको हिसाबले पनि राम्रो भएको र जनताको विश्वास जित्न सफल संगठन भएको कारण एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको बताउनुभयो। थापाले नव प्रवेशिरुलाई विना कुनै भेदभाव कार्यदक्षताको आधारमा एमाले पार्टीको विभिन्न जिम्मेवारी दिएर काम गर्ने वातावरण गराउन नगरकमिटीलाई सुझाव दिनुभएको छ ।
विभिन्न दल परित्याग गरेको घोषणा गर्दै उहाँहरुले सङ्गठन निर्माणको क्रममा देखिएको विचलन, समाज रूपान्तरणको लागि अदुरदर्शी, इमानदार ऊर्जावान् नेताकार्यकर्तालाई पाखा लगाउने काम भएको भन्दै विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने घोषणा गरेको बताउनुभएको छ । मुलुकमा सबै परिवर्तन, बिकास र समृद्धिको लागि एमाले नै नेतृत्व गर्न सक्ने ठहर गर्दै प्रवेश गरेको उहाँहरुको प्रतिक्रिया छ ।
नेकपा एमाले स्वर्गद्वारी नगर कमिटी अध्यक्ष भरत राउतको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तुल्सीराम शर्मा, लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकाय, जिल्ला कमिटी अध्यक्ष बिजयबिराज बिष्ट, सचिव इन्द्रमणी पोख्रेल उपसचिब हिरामणी भण्डारी, उपसचिब इश्वरा आचार्य लगायत नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगर सचिव खिमप्रसाद पार्धेले गर्नुभएको थियोे।






S.K. Creative Media Group