खेलकुदको बिकासमा सबैको सहकार्य जरुरी” 
माया गिरी, प्यूठान । झिमरुक गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । बिहिबारदेखि झिमरुक गाउँपालिका-५ स्थित मैनाके खेल मैदानमा खेलकुद प्रतियोगिता शुरु भएको हो। राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले उद्घाटन गर्नुभएको हो ।

खेलकुद प्रतियोगिताको प्रमुख अतिथि जिसीले खेलकुदको विकासमा सबै सरकारले लगानिको दायरा फराकिलो बनाउदै जानुपर्ने बताउनुभयो । खेलकुदमा आकर्षण बढाउन तल्लो तहदेखि नै खेलाडी उत्पादन गर्न जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

खेलकुदले मानिसलाई शारीरिक स्वस्थता बनाउनुको साथै अनुशासन र जिम्मेवार समेत बनाउने भएकाले खेलकुद महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहभागी खेलाडीलाई शुभकामना दिदै अनुशासनमा रहेर आत्मविश्वास सहित प्रतियोगितामा भाग लिन हौसला प्रदान गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, राजनीतिक दलको तर्फबाट राजमोका टीका बहादुर जिसी, बिद्यालयको तर्फबाट बालशिक्षा माबिका प्रधानाध्यापक ऋषिराम पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन । तिनदिन सम्म चल्ने खेलमा २८ बिधा अन्तर्गत भलिबल, र एथलेटिक्स तर्फका विविध प्रतियोगिताहरु हुदैछन । कार्यक्रममा खेलाडीले मार्चपास प्रदर्सन गरेका थिए । रमाइलो प्रदान गर्न विद्यार्थीहरुले गित नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष र प्रमुख अथितिबाट शिल्डको अनावरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत अमर राज सेजुवालले राख्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख पुष्प रानाले गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमको समापन गर्दै पालिका अध्यक्ष महतरा क्षेत्रीले कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेलाडीलाई अनुशासित भएर आफ्नो खेल प्रदर्सन गरि आफुलाई अब्बल सावित गर्न समेत आग्रह गर्नुभयो । खेलकुदको बिकासमा स्थानीय सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, शिक्षकहरु, खेलप्रेमी सुरक्षाकर्मी, पत्रकार, व्यवसायी, संघ संस्था, खेलाडी, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय