महेश थापा
बाहाने । चार दिनसम्म चलेको नौबहिनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधी गंगा माध्यकि विद्यालय बाहानेले जितेको छ । पालिका स्तरीय तेस्रो प्रतियोगितामा द्धित्तिय दुर्गा माध्यमिक विद्यालय खवाङ र तृतिय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डामृ भएका छन् ।
त्रिपलजम्प (छात्र) तर्फ प्रथम दुर्गा मावि खवाङका विशाल सुनार (९.९७ मि), द्धित्तिय गंगा मावि बाहानेका प्यूस केसी (९.८७ मि) र तृत्तिय अम्विका मावि फोप्लीका प्रजिन विक (९.७० मि) भएका छन् । त्रिपलजम्प (छात्रा) तर्फ प्रथम गंगा माविका जमुना नेपाली (७.७२ मि), द्धित्तिय लुप्लुङ मावि लुप्लुङका पुनिसरा राना (७.११ मि) र तृत्तिय शोभादेवी विक लुङ र निर्मला सुनार फोप्ली (७.०८) भएका छन् ।
सटपुट थ्रो (छात्र) तर्फ प्रथम दुर्गा माविका मतिलाल गिरी (८.४१ मि), बराह मावि झिम्पका धन बहादुर घर्ति (८.२९ मि) र तृत्तिय नेरा मावि डामृका हिमाल घर्तिमगर (८.०८ मि) भएका छन् । सटपुट थ्रो (छात्रा) तर्फ प्रथम गंगा माविका लालि कुमारी घर्ति (८.१६ मि), द्धित्तिय दुर्गा माविका विन्दु गिरी ( ८.१३ मि) र तृत्तिय जनज्योती मावि लुङका निसिता के.सी.(७.५३ मि) भएका छन् ।
ज्यावलिङ थ्रो (छात्र) तर्फ प्रथम गंगा माविका विकास घिमिरे, द्धित्तिय बराह माविका धन बहादुर घर्ति र तृत्तिय नेरा मावि डामृका गोपाल रोका क्षेत्री भएका छन् । ज्यावलिङ थ्रो (छात्रा) तर्फ प्रथम जनज्योती माविका पुनिसरा राना, द्धित्तिय नेरा मावि डामृका मनिषा घर्तिमगर र तृत्तिय गंगा माविका पूर्णिमा झाक्रि भएका छन् ।
कवड्डी (छात्र) तर्फ प्रथम गंगा मावि, द्धित्तिय बराह मावि झिम्प र तृत्तिय जनज्योति मावि भएका छन् । कवड्डी (छात्रा) तर्फ प्रथम जनज्योति मावि, द्धित्तिय गंगा मावि र तृत्तिय दुर्गा मावि भएका छन् ।
भलिवल (छात्र) तर्फ प्रथम गंगा मावि, द्धित्तिय बराह मावि र तृत्तिय दुर्गा मावि भएका छन् । भलिवल (छात्रा) तर्फ प्रथम अन्धनासक मावि लिघा, द्धित्तिय गावै मावि गावै र तृत्तिय गंगा मावि भएका छन् ।
हाइजम्प (छात्र) तर्फ प्रथम बराह माविका शोभाराम पुन, द्धित्तय गावै मावि गावैका नविन पुनमगर र तृत्तिय दुर्गा माविका नारायण झाक्री भएका छन् । हाइजम्प (छात्रा तर्फ प्रथम दुर्गा माविका विपना पुन, द्धित्तिय गावै मावि गावैका वविता रोका क्षेत्री र तृत्तिय गंगा माविका जमुना नेपाली भएका छन् ।
लङजम्प (छात्र) तर्फ नेरा मावि डामृका गोपाल रोका क्षेत्री, द्धित्तिय दुर्गा माविका विशाल सुनार र तृत्तिय गंगा माविका गोपाल विक भएका छन् ।
४ सय मिटर रिले (.छात्र) तर्फ प्रथम गंगा मावि, द्धित्तिय अन्धनाशक मावि र तृत्तिय दुर्गा मावि भएका छन् भने ४ सय मिटर रिले (छात्रा) तर्फ प्रथम बराह मावि, द्धित्तिय गंगा मावि र तृत्तिय नेरा मावि डामृ भएका छन् ।
८ सय मिटर दौड (छात्र) तर्फ प्रथम गंगा माविका श्रीराम खत्री, द्धित्तिय अन्धनाशक माविका प्रेम पुनमगर र तृत्तिय दुर्गा माविका असिम गिरी भएका छन् भने ८ सय मिटर दौड (छात्रा) तर्फ प्रथम नेरा मावि डामृका कुन्ती सुनार, द्धित्तिय बराह माविका सपना सुनार र तृत्तिय गंगा माविका मन्जु खत्री भएका छन् ।
४ सय मिटर दौड (छात्र) तर्फ प्रथम गंगा माविका प्यूस केसी, द्धित्तिय अन्धनाशक माविका रेशल विष्ट क्षेत्री र तृत्तिय नेरा मावि डामृका सुनिल सुनार भएका छन भने ४ सय मिटर दौड (छात्रा) तर्फ प्रथम शिव मावि स्याउलिवाङका विनु घर्तिमगर, द्धित्तिय गंगा माविका वर्षा गिरी र तृतिय नेरा मावि डामृका जानकारी सुनार भएका छन् ।
२ सय मिटर दौड (छात्र) तर्फ प्रथम गंगा माविका गोपाल विक, द्धित्तिय दुर्गा माविका विशाल सुनार र तृत्तिय अन्धनाशक माविका प्रेम बुढामगर भएका छन भने छात्रा तर्फ प्रथम नेरा मावि डामृका कुन्ती सुनार, द्धित्तिय बराह माविका सपना सुनार र तृतिय शिव माविका सरस्वती घर्ती भएका छन् ।
१ सय मिटर दौड (छात्र) तर्फ प्रथम गंगा माविका दिपसन सिंह ठकुरी, द्धित्तिय अन्धनाशक माविका रेशल विष्ट क्षेत्री र तृतिय नेरा मावि डामृका सुशील घर्तिमगर भएका छन भने भने छात्रा तर्फ प्रथम गंगा माविका दिपा थापा, द्धित्तिय जनज्योति माविका शोभादेवी विक र तृतिय नेरा मावि डामृका हिरा पुन भएका छन् । प्रतियोगितामा पालिका भित्रका दश वटा विद्यालयले भाग लिएका थिए ।