शरद विष्ट
प्यूठान । स्वर्गद्धारी नगरपालिकास्तरीय पाचौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता–२०८० सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको प्रतियोगिता मंगलबार बिहानसम्म सञ्चालन भई सम्पन्न भएका हो ।

४ दिनसम्म सञ्चालन हुने भनेतापनि सबै बिधाका खेलहरु समयमै नसकिएकोले थप ३ दिन थप्नु परेको स्वगद्धारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख प्रेम बहादुर जिसीले जानकारी दिनुभयो । पौष २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रतियोगितामा स्वर्गद्धारी नगरपालिका–८, स्थित जनता मा.बि. बर्जिवाङ्ग प्रथम भएको छ ।

 

यस बिद्यालयले १० स्वर्ण, ४ रजत र २ कास्य सहित प्रथम हुन सफल भएको छ । प्रतियोगितामा स्वर्गद्धारी नगरपालिकाकै पुरानो बिद्यालयको रुपमा सुपरिचित अमर मा.बि. भिंग्री ९ स्वर्ण, ६ रजत र ५ कास्यसहित दोस्रो हुन सफल भएको छ । त्यस्तै बेल्बास मा.बि तापा ६ स्वर्ण, २ रजत र ५ कास्यसहित तेस्रो भएको छ ।

राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिताको बिभिन्न बिद्यामा प्रथम, दोस्रोे र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएका थियो । प्रतियोगिताको बिभिन्न बिद्यामा स्थान हासिल गर्ने खेलाडीहरुलाई पनि मेडल, प्रमाणपत्र तथा नगद रुपैया समेत प्रदान गरिएको थियो । प्रतियोगितालाई सफल बनाउन भूमिका खेलेका सहभागी बिद्यालय, उत्कृष्ट खेलाडी र रेफ्रिहरुलाई पनि मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आयोजना तथा स्वर्गद्धारी नगरपालिकाको आर्थिक सहयोगमा यहि पौष १८ गते बुधवार नगरपालिकाकै नगर गौरब आयोजनाको नामले चिनिने आफनै बिशाल खेल मैदान बाँझीपुरमा एक भब्य कार्यक्रमका बिच उद्धघाटन गरिएको थियो । प्रतियोगितामा भलिवलतर्फ छात्रछात्रा, कबड्डीतर्फ छात्रछात्रा, एथ्लेटिकसतर्फ छात्रछात्रा र मार्सलआर्ट अन्तर्गत तेक्वान्दो खेलमा १० वटा सामुदायिक र २ वटा संस्थागत गरि जम्मा १२ वटा माध्यमिक बिद्यालयका छात्रछात्राहरु सहभागिता रहेको थियो ।

नगरपालिकाको नगर प्रमुख टेक प्रसाद भण्डारीको प्रमुख आथित्य तथा नगर खेलकुद समितिका अध्यक्ष दुर्ग बहादुर बुढाथोकीको अध्यक्षतामा पुरस्कार वितरण तथा समापन भएको थियो । समापन कार्यक्रममा नगरपालिकाको नगर उपप्रमुख मिनराज राना, कार्यापालिकाको सदस्यहरु, वडा कार्यालयका अध्यक्षहरु, शिक्षा शाखाका प्रमुख प्रेम बहादुर जि.सी., बिभिन्न पार्टीका प्रतिनिधिहरु, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक, पत्रकार, सुरक्षाकर्मी, खेलाडीहरु, बिद्यार्थी भाईबहिनीहरु लगाएत अन्य महानुभावहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

नगर खेलकुद समितिका सदस्य तथा अमर मा.बि. का प्रधानाध्यापक बाशुदेब खनालको स्वाागत मन्तब्यबाट सुभारम्भ भएको उक्त समापन कार्यक्रममा बिभिन्न तह तप्काका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो भने बिजयी खेलाडीहरुलाई पुरुस्कार बितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय