दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न चार विधामा पाँच सहकारी संस्थालाई पुरस्कृत गरेको छ । पल्स, एमसिआइ र सुशासनका सूचकका आधारमा ती सहकारी संस्थालाई २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
बचत तथा ऋण सहकारी संस्थातर्फ किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था लि., ठाकुरबाबा–५, बर्दिया र राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि., तुलसीपुर–६, दाङलाई पुरस्कृत गरिएको छ । बहुउद्देश्यीय सहकारी संस्थातर्फ पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लि., बुटवल–४, रुपन्देही, उत्पादक सहकारी संस्थातर्फ उत्कृष्ट साना किसान कृषि सहकारी संस्था लि., राप्ती सोनारी–८, बाँके र उपभोक्ता सहकारी संस्थातर्फ तुलसी उपभोक्ता सहकारी संस्था लि., तुलसीपुर–६, दाङलाई पुरस्कृत गरिएको हो ।
६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट सहकारीलाई पुरस्कृत गरिएको हो ।



S.K. Creative Media Group