प्युठान । प्युठानमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ झारिवाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालककोे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी १२ : ५० बजे रा १ त २१८८ नम्वरको ट्याक्टर दुर्घटनामा रम्भादेवी गाउँपालिका–४ पाल्पाका २३ वर्षीय  डम्बर बहाुदर सुनारी मगर र नौबहिनी गाउँपालिका वडा नम्वर ४ खवाङका १९ वर्षीय नविन मल्ल घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हुमाकान्त खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते सुनारी मगरको दिउँसो साढे २ बजे जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । आरनेटाबाट दाखाक्वाडी जाँदै गरेको ट्याक्टर ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते मल्लको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय