अनिल नेपाली
अर्घाखाँची । सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले मानिसको जीवनमा स्वास्थ्य अनिवार्य तथा आधारभुत आबश्यकताको रुपमा नभई नहुने भएकोले यसलाई राज्यले सर्बसुलभ र गुणस्तरीय बनाउनुपर्ने बताउनुभएको छ । आइतबार बाङ्गला रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ४ र ५ मा आयोजित नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख श्रेष्ठले स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा खेलवाड नगर्न जनतालाई आग्रह गर्नुभयो । ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले संस्थाले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट आम नागरिकले सेवा लिन समेत उहाँको आग्रह थियो। नगर प्रमुख श्रेष्ठले ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन स्थानीय सरकार लागि परेको बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले नागरिक आफ्नो स्वास्थ्य प्रति जिम्मेबार हुनुपर्ने बताउनुभयो । नागरिकको स्वास्थ्य प्रती स्थानीय सरकार जिम्मेबार भएकोले स्वास्थ्य क्षेत्रलाई थप प्रभाबकारी बनाउन आफू लागिपर्ने बताउनुभयो ।
त्यस्तै एडमण्ड सिटी अस्पतालका अध्यक्ष प्रकाश रानाले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभएको छ । उहाँले स्वास्थ्यलाई राज्यले निशुल्क उपलब्ध गराउदै आधारभुत रुपमा स्वास्थ्यको पहुँच नपुगेका नागरिकलाई यस्ता शिविरले स्वास्थ्यको पहुँचमा ल्याउन सहयोगी बन्ने बताउनुभयो ।
शिबिरमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो । बाङ्गला रुपन्देही सम्पर्क समाजको आयोजना एडमण्ड अस्पतालको प्राविधिक सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट सन्धिखर्क नगरपालिका वडा न ४ र ५ का करिब ५ सय २५ जना नागरिकले प्रत्यक्षरुपमा स्वास्थ्य सेवा लिएका थिए । शिविरमा स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, हाडजोर्नी तथा नशारोग, मुटु रोग, जनरल फिजिसियन, मेडिकल ल्याब टेक्नोलोजिस्ट, भिडियो एक्सरे लगायतका सेबा तथा परामर्श दिइएको थियो ।
ग्रामीण क्षेत्रमा आयोजना गरिने शिविरले नागरिकलाई आफ्नो स्वास्थ्य प्रति जिम्मेबार बन्नको लागि पनि यो शिविर महत्त्वपूर्ण रहेको महिला तथा प्रसुती रोग विशेषज्ञ डा. सतिष रुपाखेतीले बताउनुभयो । उहाँले यस्ता शिविरलाई सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत सञ्चालन गनुपर्ने डा. रुपाखेतीले बताउनुभयो।
२०६७ सालमा स्थापना भएको समाजले रुपन्देही जिल्लाका साथसाथै जिल्लामा सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष प्रकाशमणि खनालले बताउनुभयो ।
शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रध्यापक डा. प्रकृति राज कडेल, मुटु रोग विशेषज्ञ सह प्रध्यापक डा. अजय अधिकारी, जनरल फिजिसियन विशेषज्ञ डा. केशब राज शर्मा इएनटी रोग विशेषज्ञ डा. महेश पोख्रेल, जनरल सर्जरी विशेषज्ञ डा. कमल कार्की मेडिकल अफिसर डा. दुर्गा खत्री, डा. रोहित खड्का, डा. विकाश घिमिरे, डा. रोशन कुुमार यादब लगायतका चिकित्सकले ग्रामीण क्षेत्रका जनतालाई सेबा दिनुभएको थियो ।
कार्यक्रममा पुर्ब समन्वय प्रमुख पिताम्बर शर्भा भुसाल, सन्धिखर्क नगरपालिका वडा न ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष ऋषब अधिकारी, जीवनोद्धार माध्यमिक विधालयका प्रधानाध्यापक नम बहादुर भाट क्षेत्री लगायतले स्वास्थ्य शिविरको प्रसंशा गरेका थिए ।
संस्थाका अध्यक्ष प्रकाशमणि खनालको अध्यक्षता उपाध्यक्ष बाबुराम भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न सघसस्थाका प्रतिनिधि जनप्रतिनिधि, सामाजिक अगुबा सस्थाका पदाधिकारी सदस्य सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।



S.K. Creative Media Group