प्युठान । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री धनबहादुर मास्की(राजेश) भोलि आइतबार प्युठान आउने कार्यक्रम तय भएको छ। नेकपा माओवादी केन्द्रले संचालन गरेको “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी प्रदेश अर्थमन्त्री मास्कि प्युठान आउन लाग्नुभएको हो ।

नेकपा माओवादी केन्द्र प्युठान नगरकमिटीको आयोजनामा आयुस्मा होटेल बिजुवारमा हुन लागेको नेकपा माओवादी केन्द्रको “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन तथा जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अर्थमन्त्री मास्की प्युठान आउन लाग्नुभएको नेकपा माओवादी केन्द्र प्युठान नगरकमिटीका सचिब सुमन श्रेष्ठले बताउनुभयो ।

मन्त्री मास्कीको प्रमुख आतिथ्यतामा “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन तथा जनप्रशिक्षण कार्यक्रम हुदैछ । उक्त कार्यक्रममा जिल्लाका अन्य नेता तथा कार्यकर्ता लगाएको उपस्थिति रहने नगरकमिटी सचिब सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय