प्यूठान । प्यूठानमा सिताके च्याउ खेती सम्वन्धि तालिम सञ्चालन गरिएको छ । प्रहरी कर्मचारी परिवारको लागि एक दिने प्रयोगात्मक तालिम सञ्चालन गरिएको हो ।

 

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वयमा तालिम सञ्चालन गरिएको छ । तालिममा कञ्चनपुरका प्रशिक्षक आमुस चौधरीले तालिमको प्रशिक्षण दिनुभएको छ । विशेष गरी उत्तिसको काठमा खेती गरिने सिताके च्याउ ६ देखी ९ महिनामा फल्न शुरु गर्ने चौधरीले बताउनुभयो । चौधरीका अनुसार उक्त च्याउ ३ वर्षसम्म नियमित फल्ने गर्दछ । उत्तिसको काठमा प्लाल पारेर वीऊ राखिन्छ ।

 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले प्रहरी कर्मचारीका परिवारलाई आयआर्जनमा जोड्नका लागि तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले कम्तीमा आफ्नो घरपरिवारले खाने च्याउ मात्र उत्पादन गर्न सके परिवारको आर्थिक भार कम हुने भन्दै यसको खेती जिल्लाभर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्यूठानको नौबहिनी, गौमुखी र झिमरुक गाउँपालिकामा बढी मात्रामा उत्तिसको रुख पाइन्छ । त्यस क्षेत्रमा सिताके च्याउ खेतीको विस्तार गर्न सके स्थानीयले राम्रो आयआर्जन गर्न सक्ने देखिन्छ ।

तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय