प्युठान । जिल्ला कारागार प्युठानमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत आज कारागारमा स्वास्थ्य परीक्षण गरिएको हो ।
८ जना महिला र ८५ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठान र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्य तथा अनुरोधमा प्यूठान अस्पताल बिजुवार प्यूठानको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, प्रहरी नायब उपरीक्षक इश्वर थापा, सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाल, प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनाल, प्यूठान अस्पताल विकास समिति प्यूठानका अध्यक्ष विजय विराज बिष्ट लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।