रुपन्देही । रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा देवदह नगरपालिका ८ का २२ वर्षीय निराजन श्रीसको मृत्यु भएको अस्थायी प्रहरी चौकी भलुहीका असई सूर्यबहादुर बयाम्बुले बताउनुभयो ।

आइतबार बिहान लु ६७ प ७००४ नम्बरको स्कुटर देवदह नगरपालिका-९ मा अन्यन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर