प्युठान । प्युठान नगरपालिका प्रमुख बिष्णु योगीले सहकारी अभियानलाई नगरपालिकाले साथ दिने बताउनु भएको छ । जिल्ला सहकारी संघ प्युठानको दसौं वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि योगीले सहकारी अभियानको आवश्यकता रहेको र त्यसलाई पालिकाले साथ दिने बताउनु भएको हो ।

नगर प्रमुख योगीले सहकारीको माध्यमबाट समाजलाई आर्थिक तथा सामाजिक रुपमा अगाडी बढाउन सकिने उल्लेख गर्नुभयो ।
योगीले अव सहकारीसंस्था नीति बिधि र प्रबिधिलाई आत्मसात गरी अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो । उहाँले सहकारी क्षेत्रले नेपालको बित्तिय क्षेत्रमा पुरयाएको योगदानका बारेमा चर्चा गर्दै अव सहकारीकर्मीहरु उत्पादन र बजारीकरणका क्षेत्रमा क्रियाशील रहनु पर्नेमा जोड दिनुभयो ।

साधारणसभामा संघले गरेका वार्षिक गतिविधि सहितको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियोे । साथै आगामी कार्यक्रम समेत व्यापक छलफल गरि पारित गरिएको छ।

यस्तै बचत संघका अध्यक्ष भोज बहादुर बस्नेतले सहकारी ऐन २०७४ को कार्यान्वयनको खाँचो औल्याउदै सहकारीमा कर्जा सूचना केन्द्र, कर्जा न्याधीकरणको ब्यवस्था हुन नसक्दा सहकारी संस्थाले चुनौति मोल्नु परेको बताउनुभयो ।

यसैगरी जिल्ला कृषि सहकारी संघका अध्यक्ष दिन बहादुर जिसी, सहकारी संघका राष्टिय प्रतिनिधि मुक्ति पोखरेल, सल्लाहकार लोक बहादुर बस्नेत, प्राबिधिक सल्लाहकार प्रकाश बैद्य लगायतका बक्ताहरुले सहकारीकर्मीले समकालीन समयमा खेल्नु पर्ने भूमिकाका बिषयमा आ–आफनो धारणा राखेका थिए ।

१५ बुँदे प्रस्ताव पारित
संघले आगामी बर्षका लागि १५ बुँदे प्रस्ताव पारित गरेको छ । सहकारी संघ प्यूठानमा आबद्ध १२५ सहकारी संस्थाहरुका अध्यक्ष तथा ब्यवस्थापकहरुको उपस्थितिमा सम्पन्न साधारणसभाले सचिव बेगम घर्ती मगर र कोषाध्यक्ष पबित्रा जिसीद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन पारित गरी आगामी दिनमा सहकारी अभियानलाईनयाँ कोर्षमा पुरयाउने संकल्पका साथ भावी योजना तयार गरेको छ ।

संघले आगामी बर्षका लागि जिल्लाको सहकारी अभियानलाई ब्यवस्थित र योजनाबद्ध रुपमा संचालन गर्नका लागि राष्टिय सहकारी महासंघसंग समन्वय गरी ३ बर्षे रणनीतिक योजना निर्माण संबन्धि कार्यशाला संचालन गर्ने, यस्तै संघको कार्यालयको लागि जग्गाको खोजी गर्ने र घर निर्माणका लागि आबश्यक प्रक्रिया पुरा गर्न सुशील पोखरेलको संयोजकत्वमा मुक्ति पोखरेल र लोक बहादुर बस्नेत रहेको ३ सदस्यीय समिति गठन गरी जिम्मेवारी दिएको छ।

यस्तै सहकारी संस्थाको पाश्र्वचित्र ( सहकारी क्षेत्र सुदृढीकरण तथा कार्यप्रणाली सुधार ) कार्यक्रमको रुपमा स्थानीय तहसंग सहकार्य गरी कार्यक्रम संचालन गर्ने, आउँदो चैत्र २० गतेका दिन सहकारी दिवसलाई लुम्विनी प्रदेश तहमा रहेका अगुवा सहकारीकर्मीलाई समेत सहभागी गराई भब्य रुपमा मनाउने, सहकारी संस्थामा चोरीका घटना देखा पर्दै गएकाले अनिवार्य रुपमा सहकारी संस्थामा सिसि टीभि जडानका लागि प्रारम्भिक सहकारी संस्थाहरुलाई अनुरोध गर्ने रहेको छ ।

त्यसैगरी,प्रारम्भिक सहकारी संस्थामा कार्यरत कर्मचारीहरुका लागि एकरुपता दिन सहकारी पोशाक ( युनिफर्म ) ब्यवस्थापन गर्न अनुरोध गर्ने साथै सहकारी मर्जर प्रक्रियाका लागि समेत मर्जर गोष्ठी लगायत आबश्यक भूमिकाका लागि पहल लिने, सहकारीकर्मीहरुको क्षमता तथा दक्षता अभिबृद्धिका लागि आबश्यक तालिम संचालन गर्न संघीय सहकारी मन्त्रालय, प्रदेश सहकारी मन्त्रालय स्थानीय तह तथा अन्य संबद्ध निकायसंग समन्वय तथा सहकार्य गरी कार्यक्रम संचालन गर्ने,सहकारी संघको कार्यालय तथा कम्प्यूटर प्रिन्टर लगायत अत्याबश्यक उपकरणको ब्यवस्था गर्ने,सहकारी संस्थाहरुको अनुगमन र नियमनका लागि आबश्यक भूमिका खेल्ने, जिल्लाका बिषयगत सहकारी संस्थाहरु बिशेषगरी बचत तथा ऋण सहकारी संस्था, कृषि सहकारी संस्था दुग्ध सहकारी लगायतलाई क्रियाशील बनाई उत्पादन बजारीकरण र उद्यमशीलताका लागि संभावनाहरुको खोजी गर्ने ,सहकारीअभियानलाई नयाँ जागरणका साथ अगाडि बिभिन्न निकायसंग पहल बढाउने र आर्थिक स्रोतको खोजी गर्ने, सहकारी संघमा आबद्धताका लागि बिस्तार प्रक्रियालाई अगाडि बढाउने, प्यूठानमा सहकारी बैंक स्थापनाका लागि पहल गर्ने जिल्ला र पालिका स्तरमा घरेलु पसल संचालन गर्ने लगायतका प्रस्ताव पारित गरिएको छ ।

जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलको
अध्यक्षतामा सम्पन्न साधारण सभामा उपाध्यक्ष खिम बहादुर जिसीको स्वागत रहेको थियो । सचिब बेगम घर्ति मगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय