
प्युठान । प्युठानको माण्डवी गाउँपालिका जस्पु एक कार्यक्रमको आयोजना गरी २० औं महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । मंगलबार माण्डबी गाउँपालिकाले एक कार्यक्रमका बिच । “स्वास्थ्य क्षेत्रमा दिगाे बिकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे संयुक्त प्रयास” भन्ने नाराकाे साथ २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवास मनाइएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले समाजमा रहेका अन्धविश्वास,विकृति र विसंगिती हटाउन स्वयंमसेविकाको महत्वपूण भूमिका रहने बताउनु भएको छ ।
महिला स्वयंमसेविकाले सामाजिक चेतना र रुपान्तरणको लागि समाजमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष अधिकारीले उनिहरुको प्रसंशा गर्नुभएको छ ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने पाचँ जना स्वयंमसेविकाहरुलाई कार्यक्रममा सम्मान गरिएको छ । जिल्ला संगै देशभर २० औं महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस बिविध कार्यक्रमको आयोजना गरि मनाइदै छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, अध्यक्षहरु प्रकाश वली, धनेन्द्र कार्की, देविस्थान स्वास्थ्य चौकी प्रमुख गिर बहादुर नेपाली, स्वयंसेविकाको तर्फवाट खिमा थापाले स्वयंसेविकाको काम निकै महत्त्वपूर्ण रहेको चर्चा गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी स्वयंमसेविकाहरु लगाएतको उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले गर्नु भएको थियो ।