प्युठान । नेपाल बार एशाेसिएशन प्यूठान जिल्ला अदालत बारएकाई प्युठानकाे नवाैं अघिवेशन तथा सोह्रौँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सदरमुकाम खलंगामा सम्पन्न कार्यक्रमको माननीय जिल्ला न्यायाधीश पुनाराम खनालले दिप प्रज्वलन गरि अधिवेशन तथा साधारण सभाकाे शुभारम्भ गर्नुभएकाे हो ।
अधिवेशनले अधिवक्ता माधव प्रसाद श्रेष्टको अध्यक्षतामा ७ सदस्यीय जिल्ला अदालत नेपाल बार एशाेसियशान प्यूठान ईकाई गठन गरेको छ । जसको उपाध्यक्ष अधिवक्ता टिकाराम आचार्य, सचिव अधिवक्ता महेन्द्र प्रसाद न्याैपाने, सह सचिव अधिवक्ता माधवा सुवेदी ,काेषाध्यक्ष अधिवक्ता वेदराज शर्मा पाण्डे, सदस्य अधिवक्ता मेघराज भट्ट, सदस्य अधिवक्ता गंगाराम भण्डारीलाई चयन गरेकाे छ भने केन्दीय पार्षदमा अधिवक्ता विदुर मल्ललाई अधिबेशनले सर्वसम्मत चयन गरेकाे छ ।
खलंगामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधीश पुनाराम खनाललेले नागरिकलाई न्याय दिने कार्यमा छिटाेछरिताे, पारदर्शी र निष्पक्ष भएर न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका माननीय जिल्ला न्यायाधीश पुनाराम खनालले कानूनकाे सर्वाेच्चता विधिकाेशासनलाई कायम राख्न बारबेन्च सक्षम भएपनी पेशालाई थप जनमैत्री बनाउदै लैजानुपर्ने बताउनुभयो । त्यसको लागि हाम्रा आचरण र न्यायिक मर्यादा कायम गर्दै अझै फराकिलो बनाउन याे अधिवेशन सहयाेगि हुने बताउनुभयो ।
जिल्ला अदालतका श्रेस्तेदार उपसचिव गणेश कुमार गाैतमले अब बन्ने नयाँ नेतृत्व सक्षम सबल होस् । उहाँले भन्नुभयो, ‘अदालतकाे मूल्य र मान्यतालाई आत्मसात गर्दै न्याय सम्पादनमा सहकार्य गर्दै लाग्नुपर्ने बताउनुभयो ।
अधिवेशनमा प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश श्री पुनाराम खनाल, वरिष्ठ अधिवक्ता श्रीकृष्ण प्रपन्न सुवेदी, प्युठान जिल्ला अदालतका श्रेष्तेदार गणेश गाैतम तथा बारका पूर्व जिल्ला अध्यक्ष एवं केन्द्रीय पार्षद मेघराज भट्टले अधिबेशन तथा साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।
नेपाल बार एशाेसिएशन जिल्ला अध्यक्ष विदुर मल्लकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माननीय न्यायाधीश पुनाराम खनालले गर्नुभएको थियो । अधिवेशनले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्यक्रम, वैतनिक कानुन व्यवसायीकाे क्रम सुची, नव निर्वाचित कार्य समिति लगायतका विषयमा सर्वसम्मत निर्णय गरेकाे छ ।
निर्वाचन अधिकृत प्युठान जिल्ला अदालतका श्रेष्तेदार गणेश कुमार गाैतमले निर्वाचित नयाँ समितीलाई पद तथा गाेपनीयताकाेे सपथ गराउनु भएकाे थियाे । उक्त साधारण सभा तथा अधिवेशनमा सरकारी जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव निरीक्षक, पार्षद अधिवक्ताहरु लगायतकाे उपस्थिति थियाे ।