प्युठान । जिल्लाको बहुमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मरन्ठानाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सनिवार प्युठान नगरपालिका-९,स्थित मजुवाको बाल बिद्या माध्यमिक बिद्यालयको प्राङ्गणमा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बचत तथा ऋण सहकारी जिल्ला संघका अध्यक्ष भोज बहादुर बस्नेतले अमुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भको रुपमा लिएपनी व्यवहारिक रुपमा अर्थतन्त्रको आधार स्तम्भलाई कार्यान्वयन ल्याउनुपर्ने बताउनुभयो। त्यसको लागि पहिला सहकारी संस्था आफैमा सबल, सक्षम र बलियो बनाउनुपर्ने बताउनुभयो । सहकारी संस्थाले अब बचत संकलन र परिचालन मात्र गर्ने होईन। उहाँले भन्नुभयो, ‘आफ्ना सदस्यलाई रोजगार सँग जोडेर आत्मनिर्भर बनाउनुपर्ने पर्छ ।’ रोजगारमा जोडेर लैजान सकेमात्र सहि अर्थमा सहकारीको मर्म र उदेश्य पूरा हुने बताउनुभयो ।

 

सहकारीको माध्यमबाट पनि राज्यले लिएको बिकासको लक्ष पूरा गर्न मद्दत पुग्ने भन्दै उहाँले प्रतिफलका क्षेत्रमा लगानी वृद्धि गर्दै दक्ष श्रमिक उत्पादन गरेर रोजगार सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।‘सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ।’ उहाँले भन्नुभयो, ‘समयानुकूल सहकारी निति,विधि र प्रबिधी केन्द्रित हुन आबश्यक छ।

त्यसैगरी कार्यक्रममा उद्योग बाणिज्य संघका महासचिव सन्देश आचार्यले सहकारी अभियान आम नागरिकको अभियान भएकोले उत्पादनसँग जोडेर लैजानुपर्ने बताउनुभयो । सहकारीले उत्पादन,रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनु उहाँले सुझाव दिनुभयो।

सहकारीको कुल आम्दानी ५ करोड ६४ लाख बढी पुग्यो

सहकारी संस्थाको कुल आम्दानी ५ करोड ६४ लाख २४ ३ हजार ३ सय ७७ रुपैयाँ ९५ पैसा पुगेको बहुमुखी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष मधुसूदन गिरीले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
संस्थाको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कुल सम्पत्ति तथा दायित्व १ करोड ८५ लाख ७८ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाको शेयर पुँजी ११ लाख १६ हजार छ भने कुल बचत निक्षेप १ करोड ४९ लाख ८७ हजार ५ सय ७३ रुपैयाँ रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २० लाख १३ ९ सय ४४ रुपैयाँ ८९ पैसा पुगेको सहकारीको प्रतिबेदनमा उल्लेख छ । तस्तै कुल १ करोड ७३.६८ हजार २२ रुपैयाँ ऋण लगानी गरेको सहकारी संस्थाको प्रतिबेदनले देखाएको छ । हालसम्म सहकारी संस्थामा ८ सय ६२ जना शेयर सदस्य आवद्ध भइ कृयासिल रहेका छन् ।

कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ९ र १० का वडा अध्यक्षहरु बिकास केसी र लोक बहादुर केसी, जिल्ला सहकारी संघका सदस्य माधब केसी, बाल बिद्या माध्यमिक बिद्यालय मजुवाका प्रधानाध्यापक केशु गिरी, पत्रकार वासुदेव गिरी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष दिन बहादुर जिसी, झिमरुक कृषि तथा पशुपन्छी सहकारी संस्थाका सदस्य केशव केसी, बागेश्वरी बहुउद्देश्यीय महिला सहकारी सस्थाका उपाध्यक्ष सुमित्रा पराजुली लगायतले साधारणसभामा शुभकामना राख्नुभएको थियो।

संस्थाका अध्यक्ष माधब पराजुलीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सस्थाका सचिब पुर्ण बहादुर केसीले बार्षिक प्रगति प्रतिबेदन प्रसस्तुत गर्नुभएको थियो। कार्यक्रम उल्लेखनीय सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

सहकारीले विभिन्न विधामा सम्मान दियो

बहुमुखी सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभाका अवसरमा विभिन्न ब्यक्ती तथा संस्थालाई सम्मान गरिएको छ । त्यसै अवसरमा प्रेस चौतारी नेपाल प्युठान शाखाका सचिब तथा पैरवी अनलाइनका सम्पादक राम बहादुर बिश्वकर्मा सहित विभिन्न व्यक्तिलाई सम्मान गरेको संस्थाले जनाएको छ ।

त्यस्तै सहकारीको असल कर्जा कारोबार तर्फ गोमा केसी, कमल बिष्ट, कृष्णा जिसी र बिमला परियारलाई सम्मान गरेको छ। सहकारी स्थापना गर्न अग्रणी भुमिका खेल्नुभएको भन्दै प्युठान उद्योग बाणिज्य संघका महासचिव सन्देश आचार्य सम्मानित हुनुभएको छ।

सहकारीले सस्थापक सचिब पितम केसी र जेष्ठ सदस्य पिम प्रसाद अर्याललाई सम्मान गरेको छ। सहकारी संस्थामा सक्रिय सदस्य प्युठान नगरपालिका-९, गुरिगाउ बस्ने असक्त ब्यक्ति चोप बहादुर केएमलाई आर्थिक सहयोग स्वरुप रु.५ हजार ५ रुपैया सहयोग प्रदान गरेको छ । अति बिपन्न तथा जेहेन्दार विद्यार्थी बिध्या भण्डार आधारभुत बिध्यालय धगेमा अध्ययनरत छात्रा बिपसा घर्तिमगर र डिल्लेश्ररी प्राबि सारिबाङ्गका छात्र हिमाल सुवेदीले स्टेसनरी र नगद सहयोग प्रदान गरिएको छ।

साधारणसभाका अवसरमा सस्थाका अध्यक्ष माधव पराजुली, बचत तथा ऋण सहकारी जिल्ला संघका अध्यक्ष भोज बहादुर बस्नेत, प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास केसी, वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर केसी, जिल्ला सहकारी संघको उपाध्यक्ष माया गिरीले संयुक्तरूपमा सम्मानितहरुलाई प्रमाणपत्र खादा र टीका लगाएर सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय