
प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ । आइतबार गाउँपालिकाले एक सूचना मार्फत पालिका भित्रको स्थायी बासी आर्थिक सामाजिक रुपमा बिपन्न परिवारका इच्छुकलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको जानाएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत लोकसेवा आयोग द्वारा लिइने सहायक स्तर चौधौं, पाचौं तह र अधिकृतस्तर (अप्रविधिक) पदको लागि सरकारी सेवाको प्रतियोगितात्मक परिक्षा सम्बन्धि तयारी कक्षा संचालन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । लोकसेवा कक्षा मंसिर २५ गते बाट गौमुखी गाउँपालि स्थित पुजा लेवासेको सभाहलमा संचालन हुने छ ।
सहभागी ४० जनालाई करिब एक महिना लोकसेवा सम्बन्धि तालिम संचालन गरिने गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले जानकारी दिनुभएको छ ।