प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले लैङ्गिक हिंसा बिरुद्धको अभियानलाई सफल बनाउन सबैको एक्यवद्धताको खाँचो रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभएको छ।

यहीँ मंसिर ९ गते देखी २४ गतेसम्म १६ दिने अभियानको अन्तिम दिन आइतबार झिमरुक गाउँपालिका-७,ले गरेको लैङ्गिक हिंसा बिरुद्धको अभियान समापनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष एमसीले सबैखाले हिंसा अन्त्यका लागि टोलस्तरबाटै अभियान थाल्नुपर्ने बताउनुभएको हो । लैगिंक हिंसाको सुरुवात घरभित्रैबाट हुने भएकाले यस्को अन्त्यका लागि प्रत्येक नागरिक आफै सचेत र जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले हिंसा भएको वा देखेमा सम्बन्धि स्थानमा खवर गरि सहयोग गर्नुपर्ने बताउनुभयो । अभियानले गाउँ समाजमा चेतना अभिवृद्धि गराउन सहयोगी बनेको शाहीको भनाइ छ । हिंसा विरुद्ध हामी सबै एकताबद्ध भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

झिमरुक गाउँपालिका-७ का वडा अध्यक्ष कृष्ण बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख यामलाल पोख्रेल, वडा सदस्यहरु, स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको समेत उपस्थिति रहेको थियोे ।

मंसिर ९ गते देखी २४ गतेसम्म सुरु गरिएको १६ दिने महिला हिंसा विरुद्धको अभियानको आज अन्तिम दिन औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गाउँपालिकाका सबै वडा बस्तीमा अभियानको रुपमा संचालन गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख यामलाल पोख्रेल जानकारी दिनुभयो । यो लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम १६ दिन अभियानको रुपमा मनाइदै आएपनी यस्को निरन्तरताको खाँचो रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय