दाङ। लुम्बिनी प्रदेशले निजामती सेवामा कार्यरत महिला कर्मचारीलाई अबदेखि महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन्।
लुम्बिनी प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो ।
प्रदेश निजामतीको सेवा ऎन गएको असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफाबार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रमाणीकरण प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यो महिनावारी सम्बन्धि बिदाको व्यवस्था गरिएको छ ।
महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थप गरि गरीएको छ । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिए अनुसार हुनेछ ।