
प्युठान । नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२४ को पूर्व समीक्षा प्युठानमा गरिएको छ । पुस्तकमा समेटिने घटनाहरुको विषयमा सदरमुकाम खलङ्गामा सरोकारवालाबीच छलफल गरि समीक्षा गरिएको हो ।
कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले इन्सेकले वार्षिक रुपमा प्रकाशन गर्ने पुस्तक राज्यको सम्पत्ति भएको बताउनुभयो । उहाँले उक्त पुस्तक जिल्लाको तथ्याङ्कलाई आधिकारीक बनाउन सवै सरोकारवालाको भूमिका महत्वपूणर् हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी इश्वर थापाले प्रहरी कार्यालयमा दर्ता भएका मुद्धाहरुको बारेमा जानकारी गराउँदै निष्पक्ष रुपमा प्रहरीले काम गर्दै आएको बताउनुभयो । उहाँले तथ्याङ्कहरुको विवरणलाई एकरुपता दिनका लागि समन्वय गर्न तयार रहेको बताउनुभयो ।
गैर सरकारी संस्था महासंघका सचिव जुमान सिंह केसीले सरोकारवाला निकायले मानव अधिकार रक्षाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको अवस्थाको बारेमा नियमित छलफल र अन्र्तक्रिया हुनुपर्ने बताउनुभयो । कार्यक्रममा इन्सेक प्रतिनिधि रविन्द्र पाण्डेले घटना विवरण प्रस्तुत गर्नुभएको थियो ।