प्युठान । प्युठान उद्योग वाणिज्य संघले यो वर्ष पनि महोत्सव लगाउने भएको छ । आज बसेको कार्यसमिति बैठकले आगामी माघ महिनामा छैठौं महोत्सव लगाउने निर्णय गरेको हो ।
माघ १९ देखि २९ गतेसम्म महोत्सव लगाउने निर्णय भएको प्युठान उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । त्यसैगरी अनाधिकृत रुपमा मालसामान बिक्रि गर्ने कार्य पुर्ण रुपमा नियन्त्रण गर्ने निर्णय भएको पोख्रेलले बताउनुभयो ।