सुशिला बुढा मगर
प्युठान । प्युठानमा भोली मंसिर ३० गते विद्युत आपूर्ति बन्द हुने भएको छ । झिमरुक पावर हाउसको ३३ के भी कन्ट्रोल रुममा मर्मत कार्य गर्ने भएकोले भोली मंसिर ३० गते बिहान ११ बजे देखी दिउँसो ३ बजे सम्म बन्द हुने भएको हो ।
प्युठान जिल्लाको बिभिन्न क्षेत्रहरुमा पनि विद्युत आपूर्ति बन्द हुने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलबिधुत केन्द्र माण्डवी गाँउपालिका-४, दारीमचौर प्युठानले शुक्रबार एक सुचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको छ ।
भोली मंसिर ३० गते शनिबार झिमरुक पावर हाउस प्युठानबाट बिधुत आपूर्ति हुने प्युठान जिल्ला लगाएत रोल्पा र अर्घाखाँचीमा समेत केहि स्थानमा विद्युत आपूर्ति अबरुद्ध हुने बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारीमचौर प्युठानले जानकारी गराएको छ ।