प्युठान । झिमरुक गाउँपालिकाको मच्छिमा वृहत् तीज गीत प्रतियोगिताको आयोजना भएको छ । आइतबार झिमरुक गाउँपालिका-५ मच्छिको आयोजनामा वृहत् तीज गीत प्रतियोगिता गरि सम्पन्न गरिएको हो ।

मच्छी स्थित बसपार्कमा भएको कार्यक्रममा विभिन्न स्थानीय नौ वटा प्रतिस्पर्धी समूहको सहभागीता रहेको थियो । जसमध्य प्रथमलाई ७ हजार नगद, दोस्रो हुनेलाई ५ हजार, तेस्रो हुनेलाई ३ हजार र सान्त्वना हुनेलाई २ हजार नगद तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ । सम्पुर्ण सहभागीलाई खाजा र यातायात बाफत १ हजार प्रदान गरिएको वडा सचिब भगवता शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पछिल्लो समय गाउँ बस्तिमा घन्किने मौलिक परम्परा र संस्कृतिहरू ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता आएको आएको बताउनुभयो ।

झिमरुक गाउँपालिक-५ ले आयोजना गरेको तिज गित प्रतियोगितामा बोल्दै महतरा क्षेत्रीले नेपाली मौलिक परम्परा र संस्कृतिहरू बिस्तारै हराउदै गइरहेकोले ती हराउदै गइरहेको परम्परा र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

वर्षौं देखी मनाउँदै आएका हाम्रा परम्पराहरू बिदेशी देखासिखी बढ्दै गएकोले हराउदै गएको प्रती चिन्ता व्यक्त गर्दै अध्यक्ष एमसीले यस्ता परम्परालाई जगेर्ना गर्दै पुस्तान्तरण हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले मौलिक परम्परा बचाउनु अहिलेको प्रमुख आवश्यकता रहेकोले सबै पंक्ति लाग्नुपर्ने बताउनुभयो । नेपालको कला संस्कृति सरक्षणका लागी यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।

समुदायमा सकारात्म कुराको प्रचारप्रसार र हरेक विकृति विसंगतीलाई निरुत्साहित गर्नका लागि पनि प्रतियोगितामा प्रस्तुत हुने गित र शब्दहरुले टेवा पुग्ने बताउनुभयो । नेपाली कला संस्कृतिको संरक्षणमा सबै मिलेर लाग्नका लागि उहाँले अनुरोध गर्नुभयो । उहाँले हाम्रा कला संकृति जगेर्नामा स्थानीय सरकार लागेको बताउनुभयो ।

झिमरुक गाउँपालिका-५ मच्छिमा भएको वडा स्तरीय तिज गित प्रतियोगितामा बोल्ने बक्ताहरु र गितको भावले पछिल्लो समय हराउदै गएको मौलिक सांस्कृतिक, परम्पराको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

झिमरुक गाउँपालिका-५ का वडा अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षता, गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष प्रमोद पोख्रेलको बिशेश आतिथ्यमा भएको कार्यक्रमको संयोजन वडा सचिब भगवता शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय