
प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा गाउँसभा संचालन कानुन निर्माण तथा बजेट निर्माण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा दुई दिनसम्म चलेको तालिमको शुक्रबार सम्पन्न गरिएको हो।
तालिममा बार्षिक योजना तर्जुमाका चरणहर, गाउँसभाको नीतिगत ब्यवस्था, सभाको कार्यसुची, बसाइँ ब्यवस्थापन, कानुन निर्माण, प्रयोग, जनप्रतिनिधि र कर्मचारीको काम कर्तव्य अधिकार, नीति तथा कार्यक्रम, योजना छनोट, प्राथमिकता, बजेट सुनिश्चितता, जनताको माग आवश्यकता, भुमिका लगायतका बिषयमा जानकारी गराइएको थियो । तालिममा पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य, शाखाका प्रमुख, वडा सचिब कर्मचारी लगायतको सहभागिता रहेको थियो।
अभिमुखीकरणम तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले तालिम निकै उपलब्धिमुलक भएको बताउनुभयो । गाउँपालिकाको बिकास र समृद्धिको लागी यो तालिम कोसेढुङ्गा साबित हुने उहाँको भनाइ छ । यो तालिमले पालिकाको बजेटको सुनिश्चितता र योजनाको प्राथमिकिकरण गर्न र खास जनताको समस्या मसिनो गरि पहिचान गर्न थप सहयोग पुग्ने बताउनुभयो । बिषयबस्तु र हाम्रो ब्यहारसँग तालमेल गरेर तालिम संचालन गरिएकाले बुझाइमा सजिलो र एकरुपता भएको छ। पालिकालाई थप परिस्कृत गर्दै अगाडि बढ्न मार्ग प्रशस्त गरेको छ। उहाँले भन्नुभयो, ´तालिमले पालिकाको समग्र बिकास र दैनिक कार्यसम्पादनमा समेत सहजता ल्याउने बताउनुभयो ।
पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले तालीमले पालिकालाई उपलब्धि मुलक बनाउनुपर्छ भन्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो । तामिमको सहजीकरण विधि निकै सरल सबैले बुझ्ने गरी भएको छ। उहाँले भन्नुभयो,´तालिममा सिकेका सीप र दक्षतालाई सबैले मिलेर पालिकाको बिकास र समृद्धिको निम्ति प्रयोग गर्दै अगाडि बढ्न सकेमात्र तालिमको औचित्य पूरा हुनेछ ।`तालीमका विषय बस्तुको बारेमा भरपुर ज्ञान प्राप्त भएको छ, उहाँले भन्नुभयो, ´तालिमबाट लिएको ज्ञान् सिप सबै मिलेर व्यवहारमा उतार्न सकेमात्र लक्ष्य पूरा गर्न सकिने बताउनुभयो। नीति, कानुन निर्माण गर्दा सबै पक्षको अपनत्व हुने गरी गर्नुपर्ने बताउनुभयो।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले दुई दिनसम्म चलेको तालिमले थप हौसला सहित काम गर्ने उर्जा जगाएको छ । सबैले मिलेर पालिकाको समग्र बिकासमा लाग्नको लागि मार्ग प्रसस्त गरेको छ । उहाँले कतिपय कानुनी जटिलता रहेको बिषयमा तालिमले थप स्पष्ट पारेको बताउनुभयो ।
झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रहेको थियो। तालिमको सहजीकरण लेखनाथ पोख्रेल र दिपक कुमार श्रेष्ठले गर्नुभएको थियो । सहभागीको तर्फबाट रणबहादुर खडका, पुतला सुनारले तालिम उपलब्धि मुलक भएको बताउनुभयो ।
तालिममा झिमरुक गाउँपालिकाको नमुना गाउँसभा प्रयोगात्मक रुपमा समेत संचालन गरिएको थियो । सहभागीलाई नमुना अभ्यासले गाउँसभाका सम्पुर्ण बिधि, प्रक्रिया, कार्यसुची, छलफल, सुन्ने समय, बसाई, प्रस्तुति, लगायत समग्र बिषयमा थप स्पष्ट भएको थियो ।
झिमरुक गाउँपालिकाको आयोजनामा भएको तालिमलाई क्षमता बिकास शिर्षकमा चालू आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम अन्तर्गत तीन लाख बजेट बिनियोजन भएको न्यायीक समिति हेर्ने कर्मचारी नासु यामलाल पोख्रेलले जानकारी दिनुभएको छ। उक्त तालिमको उद्घाटन र समापन कार्यक्रमको संचालन समेत नासु पोख्रेलले गर्नुभएको थियो ।