मित्र थापा
प्यूठान । लुम्बिनी प्रदेशकै ठुलो र अग्लो(३० फिट अग्लो र १२ फिट चौडाइ रहेको ) तामेश्वर शिव मूर्ति गौमुखी गाउँपालिका वडा नम्बर १ अर्तुवाङ पिपलडाँडामा स्थापना गरिएको छ । सोमबार लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री शरोज थापा (रोज राणा) ले उक्त मूर्तिको समुद्घाटन गर्नुभएको छ ।

प्यूठान जिल्लाको उत्तरी भेग गौमुखी गाउँपालिका वडा न.१ अर्तुवाङ्ग पिपलडाँडामा करिव २५० वर्ष अगाडि भृगुअगस्त्य गोत्रिय गिरीका पूर्खा शिवराज गिरीको छोरा दल्पत गिरीले यस चारखुवाका खानी उत्खननको जिम्मा लिए पछि खानी उत्खनन गर्ने क्रममा  खानीटोप्पा भन्ने स्थानमा जल निस्की शिव भगवानको आकृति देखिएकोले उत्त खानी उत्खनन गर्न छाडेको भन्ने भनाई छ ।

उनका बुवा शिवराज गिरीले त्यस स्थानमा शिव भगवानको पुजाआज गर्नु पर्छ भन्दै आउनुभएको थियो । उक्त स्थानमा शिव भगवानको मूर्ति राख्ने संकल्प गरेपछि २०७९ सालको शिवरात्रीमा शिव भगवानका साना मूर्ती राखि पुजा आरधना गर्दै सुरुवात गरिएको थियो ।

उक्त स्थानले पर्यटकिय क्षेत्रको समेत सम्भावना बढाएको छ । पिपलडाँडामा २०७९ साल भाद्र महिनाको ३० गते देखि शिव भगवानको मूर्ति राख्न जमिन सम्माउने श्रमदान गर्न थालिएको थियो । गिरीले आफ्ना निजि जग्गाहरु आवश्यकता अनुसार उपलब्ध गराउने प्रतिबद्धता सहित यहाँ बसोबास गर्ने अर्तुवाङ्ग वासि कै पहलमा विराट शिवमू‌ती राखे निर्णय गरिएको थियो ।

 

पुर्खाहरुको सङकल्पलाइ आत्मसाथ गर्दै शिव भगवानको मूर्ती निर्माणका लागि अर्तुवाङबासिको मात्र आर्थिक सहयोगले नपुग्ने भएकाले अन्य इच्छुक व्यत्तिहरुबाट पनि सहयोगको अपेक्षा राखि सबैको साथ सहयोगमा विराट शिव मूर्ती निर्माण गरिएको हो ।

मूर्ति उद्घाटन गर्दै थापाले तत्काल थप पूर्वाधार रेलिङ, रङ्ग रोगन लगायत कार्यको लागि यही आउँदो आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

मूर्ति खरिदको लागि सबै भन्दा धेरै रकम सहयोग गर्ने मदाने गाउँपालिका वार्ड नं १ अग्लुङफेडी गुल्मीका गोपाल चन्द लाई उक्त कार्यक्रममा सम्मान गरिएको छ । भने अन्य सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय