सृजना सेन
प्यूठान । आप्रबासी स्रोत केन्द्र प्यूठानबाट सुरक्षित बैदेशिक रोजगारीको लागी एक हजार ४९६ जनाले सूचना तथा परामर्श लिएका छन ।
एक हजार १८८ जना सम्भाबित पुरुष कामदार तथा तीन सय आठ जना सम्भावित महिला कामदारले सूचना तथा परामर्श लिएको बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत बिष्णु अर्यालले जानकारी दिनुभयो । सुरक्षित बैदेशिक रोजगारको लागी मल्लरानी गाउँपालिकाको आयोजनामा जिल्लामा रहेका पत्रकार तथा सन्चारकर्मिहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिनुभएको हो ।
साथै उक्त कार्यक्रममा बैदेशिक रोजगारमा गएर मृत्यू भएमा वा बिरामी भएमा बैदेशिक रोजगार बोर्ड तथा अन्य कार्यालयबाट प्राप्त सेवा सुबिधाको बारेमा समेत जानकारी गराईएको थियो ।
जिल्ला प्रशासन कार्यालय प्यूठानमा स्थापना भएको आप्रबासी स्रोत केन्द्र मार्फत उक्त सुचना तथा परामर्श दिइएको हो ।
स्विस सरकार तथा नेपाल सरकारको साझेदारीमा २०८१ मंसिरमा मल्लरानी गाउँपालिका अन्तरगत जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रबासी स्रोत केन्द्र स्थापना भएको मल्लरानी गाउँपालिकाको अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा राहादानी बनाउन आउने जिल्लाभरका यूवाहरुलाई उक्त उक्त परामर्श तथा सूचना दिने गरिन्छ । जानकारीको अभाव मा अन्य ठगि तथा बैदेशिक रोजगारी पर्ने समस्या नआएको बताउदै सन्चार माध्यम मार्फत स्रोत केन्द्रको बारेमा जानकारी गराउन समेत आग्रह गरिएको थियो ।



S.K. Creative Media Group