प्यूठान । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल र राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रि युवा संघ नेपालको स्थापना दिवसको अवसरमा प्यूठानमा संयुक्त रुपमा कार्यक्रम गरिएको छ । अखिल र युवा संघले प्यूठानमा विहीबार रक्तदान र फलफुल वितरण कार्यक्रम गरेको हो ।

अनेरास्ववियुको ६१ औं स्थापना दिवस तथा युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल विजुवारमा रक्तदान र फलफुल वितरण गरिएको हो । १३ जना व्यक्तिले रक्तदान गरेका थिए ।


राष्ट्रिय युवा संघ नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष महेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ओम अर्यालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय