प्यूठान । बुटवल–नारायणगढ सडक निर्माणका कारण फेरबदल भएको प्यूठानबाट काठमाण्डौ छुट्ने बसको समय तालिका पुनः परिवर्तन भएको छ । एक महिना अघि देखि दिउँसोको सयममा बस छुट्ने गरेकोमा अव पुरानै समयमा समितिहरुले बस सञ्चालन गर्न लागेका हुन ।
जेठ २ गतेदेखि पुरानै समय तालिका अनुसार काठमाण्डौका लागि बस छुट्न नमस्ते प्यूठान यातायात सेवा प्रालिका कार्यालय प्रमुख दिल बहादुर दसौदीले जानकारी दिनुभयो । “दाउन्नेमा बाटो बन्द हुने हुँदा एक महिनासम्म समय तालिका फेरबदल भएको थियो,” उहाँले भन्नुभयो,“अवदेखि नियमित रुपमा पहिलेकै समयमा बस छुट्छन ।”
बाटो अवरोध नहुने र यात्रुहरुलाई पनि कुनै समस्या नहुने भएकाले पुरानै समय तालिकामा गाडी छुटाउन लागिएको उहाँले बताउनुभयो ।




S.K. Creative Media Group