प्यूठान । महालेखा परीक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त प्रतिवेदन पेस गरेको छ ।
प्रतिवेदन प्रकाशित भएसँगै कुन कुन क्षेत्रमा के कति बेरुजु आए ? भनेर चासो एवं जिज्ञासा बढेको छ । प्यूठानको सर्न्दभमा नौ वटा स्थानीय तहमा गरि ३१ करोड ९३ लाख ३४ हजार रुपियाँ बेरुजु देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा उक्त रकम बेरुजु देखिएको हो ।
सवैभन्दा बढी स्वर्गद्धारी नगरपालिका र सवैभन्दा कम मल्लरानी गाउँपालिकाको बेरुजु रहेको छ । स्वर्गद्धारीमा ५ करोड २६ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ । मल्लरानी गाउँपालिकाको १ करोड ९३ लाख ३७ हजार रुपियाँ बेरुजु रहेको छ ।
ऐरावती गाउँपालिकाको ४ करोड ६९ लाख ६२ हजार, झिमरुक गाउँपालिकाको ४ करोड ४९ लाख ७९ हजार, माण्डवी गाउँपालिकाको ३ करोड ७१ लाख ९१ हजार, सरुमारानी गाउँपालिकाको ३ करोड २४ लाख बेरुजु रहेको छ ।
त्यसैगरी प्यूठान नगरपालिकाको ३ करोड ८७ लाख ३ हजार, नौबहिनी गाउँपालिकाको २ करोड ९६ लाख ९३ हजार र गौमुखी गाउँपालिकाको २ करोड ५६ लाख ३६ हजार रुपियाँ बेरुजु रहेको छ ।



S.K. Creative Media Group