प्यूठान । जिउँदो खसी कति किलो सम्मको हुन्छ होला ? तपाईँको अनुमान बढीमा ५०/५५ किलोसम्म हुनसक्छ । बोयर जातको बाहेक जिउँदो खसीबोकाको तौल प्राय : त्यतिसम्म भेटिन्छ ।

तर, प्यूठानमा जिउँदो होइन कि काटेको मासु नै साढे ७२ केजी भएको हो । प्यूठान नगरपालिका–१ खैराका टंक बहादुर बस्नेतले पाल्नुभएको खसी साढे ७२ केजी भएको हो । पूर्व शसस्त्र प्रहरी एवं मुक्ति माध्यमिक विद्यालयका सुरक्षा गार्ड समेत रहनुभएका बस्नेतले आईतवार काटेको खसीको मासु साढे ७२ केजी भएको बताउनुभयो ।

जागिर बाहेकको सयममा बाख्राको हेरचाह र खेतबारीको काममा उहाँ भेटिनुहुन्छ । उहाँको घरमा अहिले ४ वटा खसी छन । अरु खसी पनि ५० केजीभन्दा बढीसम्म पालेको अनुभव रहेको र पहिलो पटक आफैले पालेको खसी साढे ७२ केजी भएको उहाँले बताउनुभयो ।

 

प्यूठान जिल्लामा ६०/६२ केजीसम्म खसीबोकाको मासु हुने गरेकोमा अहिलेसम्मकै बढी तौलको खसी हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय