बझाङ । बझाङ मा दलित अधिकार एकता संजाल को आयोजनामा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण सभा आयोजना गरिएको छ । बझाङको चैनपुरमा जेठ २६ गते जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना गरिएको हो ।

जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो । शिक्षा र जनचेतनाको विकास भएसँगै बझाङ जिल्लामा समेत दलित समुदाय अहिले आफ्ना हक र अधिकारको खोजी गर्दै आवाज उठाउन अग्रसर भएका छन् ।

संविधानमै उल्लेख गरिएका अधिकार पनि प्रत्येक्ष अनुभुति गर्न नपाएकोले यसका विरुद्ध बझाङ का दलित समुदायहरु एकजुट गराउन पहिलोपटक जागरण सभा गर्न लागिएको हो । दलित समुदायको अधिकारका लागि र आन्दोलनलाई बलियो बनाउन अहिले विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन भइरहेका छन् । सोही अनुसार दलितका लागि दलित अभियान नामक बृहत जागरण सभाको आयोजना गर्न लागिएको हो ।

चैनपुर मा पहिलोपटक हुन् लागेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा प्रमुख अतिथिका रुपमा दलितका लागि दलित अभिायनका संयोजक खगेन्द्र सुनार आउने भएका छन् । दलित समुदायलाई संविधानमा उल्लेख भएका अधिकारबाट राज्य सहितका संयन्त्रहरुमा स्थान नदिएको भन्दै यसका विरुद्ध दलित समुदाय एकजुट हुन्‌का लागि पनि यो कार्यक्रम गर्न लागिएको हो ।

जागरण सभामा जिल्लास्थित १२ वटै पालिकाबाट दलित समुदायबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका जनप्रतिनिधि र दलित समुदायका बुद्धिजिवीलाई आमन्त्रण गरिएको दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य तथा राष्ट्रिय दलित गोलमेच सम्मेलनका केन्द्रीय सदस्य सुशील ओखेडाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय