मध्यविन्दु (नवलपरासी) । जिल्लाको देवचुली नगरपालिकामा सामान बोक्ने अटो दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परि ११ जना भारतीय नागरिक घाइते भएका प्रहरीले जनाएको छ ।

देवचुली नगरपालिका-६ स्थित टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नम्बरको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक ढकालका अनुसार अटो सडकदेखि केही तल खसेको थियो। दुर्घटना ग्रस्त अटोमा चालकसहित १२ जना सवार रहेको बुझिएको छ । घाइते सबैलाई उपचारका लागि चितवन लगिएको छ । दुर्घटनाका सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । दुर्घटना बारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय