प्यूठान । स्वर्गद्वारी नगरपालिका- ३ मा गौ हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्वर्गद्वारी नगरपालिका- ३ देउराली बस्ने वर्ष ५३ को मोहन वि.क., स्वर्गद्वारी नगरपालिका- ३ भिंगृ बस्ने वर्ष ४१ को कृष्ण बहादुर नेपाली र सोही ठाउँ बस्ने वर्ष ३९ को कासिराम नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
देउराली स्थित मोहन वि.क. को घर देखि अन्दाजी १०० मिटर टाढा खोलामा गइ गाई काटेर मारेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरी निरीक्षक सुजन बाबु विश्वकर्माको कमाण्डमा ९ जनाको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।


S.K. Creative Media Group