प्यूठान । सवारी ज्यान मुद्धामा फरार चालकलाई जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरेको छ । गुल्मी जिल्ला अदालतको फैसलाबाट तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

झिमरुक गाउँपालिका वडा नम्वर ७ बाट प्रकाश सुनारलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक युवन कुमार चौधरीले जानकारी दिनुभयो । सुनारलाई पक्राउ गरि कैद भुक्तानका लागि जिल्ला कारागार प्यूठान पठाइएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार चार वर्ष अघि अदालतबाट मुद्धा फैसला भएको र सुनार हालसम्म फरार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय