प्युठान । जिल्लाको प्युठान नगरपालिका स्थित बजारिक केन्द्र बाग्दुलामा आजबाट दन्त शिविर सुरु भएको छ। शनिबारबाट सुरु भएर माघ १५ गतेसम्म शिविर सञ्चालन हुने भएको हो ।
अनमोल डेन्टल क्लिनिक बाग्दुलाको आयोजनामा विशेषज्ञ चिकित्सकद्वारा दन्त शिविर शुरु भएको मार्केटिङ हेर्ने प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा दाँत, मुख, गिजा सम्बन्धी समस्याहरुको विशेषज्ञ दन्त चिकित्सक द्वारा उपचार गरिने उहाँले जानकारी दिनुभयो ।
शिविरमा विशेषज्ञ दन्त सेवा सहित निःशुल्क परामर्श सेवा, निःशुल्क दाँत निकाल्ने, निःशुल्क दाँतको एक्सरे गरिने लगायतका सेवा प्रदान गरिने अनमोल क्लिनिक बुटवलको विशेषज्ञ दन्त डाक्टर सुप्रीया दाहालले जानकारी दिनुभयो । चिकित्सकीय उपकरण सहित टोलिले दन्त उपचार सेवा दिने उहाँले जानकारी दिनुभयो ।
दाँत सफा गर्ने, दाँत भर्ने, फिक्स दाँत हाल्ने, पुरै सेट हाल्ले, दाँत सम्वन्धी सम्पूर्ण उपचार विशेष विषेश छुटका साथ उपचार गरिने डाक्टर दाहालले बताउनुभयो । उहाँका अनुसार अमेरिकन पद्धतीबाट दातको आरसिटी समेत गरिने छ ।
शिविरमा विशेषज्ञ दन्त डाक्टर मनिषा बस्नेतको नेतृत्वमा डाक्टर सुप्रीया दाहाल, डाक्टर अनुजा अर्याल सहितको चिकित्सकीय टोलीले विरामीको उपचार गरेको आयोजकले जनाएको छ ।
आयोजक संस्थाले यसक्षेत्रका दातका समस्या भएका स्थानीय बिरामीले गाउँमै उपचार सेवा लिन अनुरोध गरिएको छ । दन्त सेवामा सयौं दातका बिरामीले उपचार सेवा लिन पाउँदा स्थानीय विरामी खुशी भएका छन् ।





S.K. Creative Media Group