प्युठान । जिल्लाको झिमरुक गाउँपालिका स्थित मच्छिमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) बिजुवार प्युठान र झिमरुक गाउँपालिकाको समन्वयमा निशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो ।

यहीँ आउँदो माग १६ गते एक दिन ४० वर्षदेखि माथिका आँखाका समस्या भएका नागरिकलाई नि:शुल्क आँखा जाँच गरिने पालिकाका स्वास्थ्य शाखा प्रमुख विकास केसीले जानकारी दिनुभयो ।

झिमरुक गाउँपालिका-५, स्थित गौमुखी बहुमुखी क्याम्पस मच्छिमा नि:शुल्क आँखा जाँच शिविरमा आँखाका समस्या भएका सम्पुर्ण बिरामीलाई उपचार गराउन पालिकाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय