प्यूठान । प्यूठान नगरपालिका-३ नम्बर वडा कार्यालयको आयोजनामा संचालन भएको जिल्ला भित्रका अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता (बिजयपथ कपकप) सरुमारानी गाउँपालिकाले जितेको छ । आईतवार गणतान्त्रिक खेलमैदान विजुवारमा भएको फाइनल खेलमा ग्रामीण बिकास समाज युवा क्लब नौबहिनी-७ लाई सोझो सेटमा हराउदै बिजेता बनेको हो । ग्रामीण बिकास समाज युवा क्लब नौबहिनी-७ भएको छ ।

प्रतियोगिताको विजेताले एक लाख, उप विजेताले ५० हजार रुपिँया पुरुस्कार पाएका छन । त्यसैगरी सेमिफाइनलमा पुगेका ऐरावती गाउँपालिका र प्युठान नगरपालिकाले १५।१५ हजार रुपिँया पुरस्कार प्राप्त गरेका छन ।

स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै नयाँ खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनुभयो ।

सञ्चालन भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय