प्युठान । लगातार वर्षाको कारण सडक माथिबाट ढुङ्गा सहितको पहिरोको कारण अवरुद्ध भएको बाग्दुला मच्छी ठुलाबेसी सडक खुलेको छ । आज राती ठाउँ ठाउँमा ढुङ्गा माटो सहित झरेको पहिरो मेसिनको सहायताले हटाएपछि अवरुद्ध सडक खुलेको हो ।
बाग्दुला- मच्छी- ठुलाबेसी सडकखण्ड अन्तर्गत झिमरुक गाउँपालिका-६ घुम्नेठाटी नजिक खर्कमा र वडा नम्बर ५ को वडा कार्यालय मुनी ठुलो पहिरो खसेका कारण बिहानैदेखि केही समय सडक अवरुद्ध भएको झिमरुक गाउँपालिकाका इन्जिनियर अशोक जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक अवरुद्ध भएको जानकारी भए लगत्तै योजनासँग समन्वय गरि मेसिनको प्रयोग गरेर सडक खुलाइएको हो। अहिले सडकमा खसेको पहिरो हटाएपछि रोकिएको सडक खुलेको जानकारी दिनुभयो ।
आज बिहानैदेखि गन्तव्यमा हिडेका यातायातका साधन रोकिएका थिए । सडकमा अवरुद्ध खुलेसँगै रोकिएका यातायातका साधन र यात्रुहरु गन्तव्यमा पढाइएको छ ।
अहिले यो सडकमा सडक निर्माणका कार्यहरु भैरहेकोले र वर्षाको कारण पहिरो जाने हिलाम्मे हुने सम्भावना भएकोले सतर्कता अपनाएर मात्र यात्र गर्नुहुन पालिकाले समेत अनुरोध गरेको छ।
फोटो: बासुदेब गिरी



S.K. Creative Media Group