धादिङ । धादिङ प्रहरीले रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद लगेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिएको छ ।

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीले बगाएको सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा भेटिएको थियो। उक्त सेफभित्र रहेको रकम स्थानीयले आफूखुसी निकालेर लगेको खबर भदौ १२ गते पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले अनुसन्धान सुरु गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट रु. ९२ लाख ६८ हजार ५ सय ५ बरामद गरेको छ।

नियन्त्रणमा लिइएकामा अधिकांश गल्छी गाउँपालिका–४ मासटारका स्थानीय छन्। यसका साथै गल्छी–६ आदमघाट, सिद्धलेक गाउँपालिका–७ आदमटार तथा चितवन र पर्सा घर भई हाल धादिङमा बस्दै आएका व्यक्तिहरू पनि रहेका छन्।

बरामद रकमको स्रोत र घटनामा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरू

१.गल्छी-४ मासटारका २७ वर्षीय पवन पौडेल
२. गल्छी-४ का ४१ वर्षीय वीरबहादुर राना मगर
३.गल्छी-४ का ३५ वर्षीय विनोद गिरी
४.गल्छी-४ का ३३ वर्षीय नवराज भेटुवाल
५. गल्छी-४ का ४० वर्षीय पूर्णलाल श्रेष्ठ
६.गल्छी-४ का ३१ वर्षीय विष्णुमणि अधिकारी
७. गल्छी-४ का ३६ वर्षीय कृष्ण मगर
८. गल्छी-४ का ४९ वर्षीय शिवबहादुर राना मगर
९. गल्छी–४ का ४६ वर्षीय युवराज अधिकारी
१०. गल्छी-६ आदमघाटका ४७ वर्षीय सुशान्त श्रेष्ठ
११. गल्छी-४ मासटारका ४६ वर्षीय सुचिमबहादुर राना मगर
१२. गल्छी.४ का २४ वर्षीय सविन श्रेष्ठ
१३. गल्छी-४ का ४३ वर्षीय प्रेमबहादुर राना मगर
१४. गल्छी-४ का १९ वर्षीय अनिल भेटुवाल
१५.गल्छी-४ का ४९ वर्षीय रामशरण सुवेदी
१६. गल्छी-४ का ३८ वर्षीय मिनबहादुर राना मगर
१७. गल्छी-४ का ३२ वर्षीय देवेन्द्र राना मगर
१८. गल्छी-४ का ३१ वर्षीय दीपक तामाङ
१९. गल्छी-४ का ३६ वर्षीय राजकुमार भेटुवाल
२०.गल्छी-४ का २९ वर्षीय दिनेश अधिकारी
२१. गल्छी-४ का ३० वर्षीय दिनेश पुलामी
२२. गल्छी–४ का ३० वर्षीय टेकबहादुर राना मगर
२३. गल्छी-४ का ३२ वर्षीय सन्तोष श्रेष्ठ
२४.गल्छी-४ सिमपानीका ३६ वर्षीय सानुभाई श्रेष्ठ
२५. सिद्धलेक गाउँपालिका-७ आदमटारका ४९ वर्षीय सानु खतिवडा
२६. चितवन राप्ती नगरपालिका-६ घर भई हाल गजुरी गाउँपालिका-८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर
२७. गजुरी गाउँपालिका-८ आदमघाटका ३२ वर्षीय नारायण श्रेष्ठ
२८. गजुरी गाउँपालिका-८ आदमघाटका २० वर्षीय अग्नि आले मगर
२९. पर्सा बहुदरीमाई नगरपालिका-९ घर भई हाल गजुरी गाउँपालिका-६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय