प्यूठान । नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रतिनिधिका लागि प्यूठानमा खुल्ला तर्फ १६ जनाले उम्मेदवारी दिएका छन । सोमबार भएको निर्वाचन कार्यक्रममा १० जनाको खुल्ला कोटा रहेकोमा १६ जनाको उम्मेदवारी परको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि प्राध्यापक डाक्टर गोविन्दराज पोख्रेल, विष्णु कुमार गिरी, अमर प्रसाद भण्डारी, सुवास केसी, शिवराज रिजाल, धरम बहादुर जिसी, टेक प्रसाद भण्डारी र टोपाराम कालाथोकीको उम्मेदवारी परेको छ ।

 

त्यसैगरी नरेन्द्र पुनमगर, कमलराज रिजाल, मान बहादुर केसी, ऋषिकेस पौड्याल, नारायण ज्ञवाली, रामचन्द्र पौड्याल, माधव प्रसाद भण्डारी र महादेव जिसीको उम्मेदवारी परेको छ । मंगलबार विहान ११ बजेदेखि मतदान शुरु हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय