बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित एक होटलमा अनलाइन जुवा खेलाउने ४२ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा सङ्लग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद भएको बताउनुभयो ।

होटलबाट प्रहरीले अन्य विद्युतीय उपकरणहरु समेत बरामद गरेको तथा उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी राठौरले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको समेत सूक्ष्म अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय