प्यूठान । ऐरावती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पदम बहादुर जि.सी. (रमेश) लाई मातृशोक परेको छ । वडा अध्यक्ष जि.सी., वडा नं. ५ मा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक चन्द्र जि.सी. र सशस्त्र प्रहरी बल (APF) मा कार्यरत सुदर्शन जि.सी.की पूजनीय माता चोपा कुमारी जि.सी.को सोमबार बिहान निधन भएको हो ।
उहाँको ६८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । चोपा कुमारीको असामयिक निधनप्रति ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष शाहले एक शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
साथै, उहाँले यस दुःखद् घडीमा शोकसन्तप्त वडा अध्यक्षसहित सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।


S.K. Creative Media Group