प्यूठान । नेपाली कांग्रेस प्यूठानको क्षेत्रिय सभापति बन्न नेताहरुबीच प्रतिस्पर्धा देखिएको छ । दुई वटा क्षेत्र रहेको प्यूठानमा दुवै क्षेत्रको क्षेत्रिय सभापति पदका लागि प्रतिस्पर्धा देखिएको हो ।
सोमबार भएको उम्मेदवारी दर्ता अनुसार प्रदेश क्षेत्रिय समिति (क)मा तीन जनाको उम्मेदवारी परेको छ भने प्रदेश क्षेत्रिय समिति (ख)मा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेश क्षेत्रिय समिति (क) मा नेत्रमणी पोख्रेल, नविल विक्रम शाह र दुर्ग बहादुर बुढाथोकी क्षेत्रीको उम्मेदवारी परेको हो । त्यसैगरी प्रदेश क्षेत्रिय समिति (ख) मा चन्द्रलाल न्यौपाने र जुमानसिंह जिसीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मंगलबार विहान ११ बजेदेखि मतदानको समय तोकिएको छ ।


S.K. Creative Media Group