प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले जिल्ला भित्रका सवै व्यवसायीलाई मूल्य सुची अनिवार्य राख्न आग्रह गरेको छ । जिल्लाका सवै बजार क्षेत्रलाई पत्र पठाएर संघले व्यवसायीलाई मूल्य सुची बोर्ड अनिवार्य राख्नका लागि सहजीकरण गर्न भनेको छ ।
संघका महासचिव झवेन्द्र शर्माले ९ वटै बजार क्षेत्रका अध्यक्षलाई पत्र लेखेर संघले गरेको निर्णय अनुसार कार्यान्वयनका लागि आग्रह र सहजीकरण गर्न अनुरोध गर्नुभएको हो । व्यावसायिक सुरक्षाको निम्ती सिसि क्यामरा जडान, सरसफाईका लागि डस्टविनको प्रयोग गर्न समेत आग्रह गरिएको छ । साप्ताहिक रुपमा सरसफाई अभियान सञ्चालन गर्न समेत संघले आग्रह गरेको छ ।


S.K. Creative Media Group