काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैङ्कको निर्देशनसँगै केही बैङ्क तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएमबाट १०० रुपियाँका नोट वितरण गर्न थालेका छन् ।

 

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गरेर राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट सुकिला तथा सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

 

उहाँले विगत चार–पाँच वर्षदेखि चाडपर्व लक्षित गरेर नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय