गुल्मी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गुल्मीबाट ११ जनाले उम्मेदवारी दिएका छन । कांग्रेसका नेता डा. चन्द्र भण्डारीसहित ११ जनाले उम्मेदवारी दिएका हुन ।

 

डा. भण्डारीले कांग्रेसको उपसभापति पदमा खुलातर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसभित्र स्पष्ट विचार राख्ने तथा समसामयिक राजनीतिक विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएका नेताका रूपमा परिचित हुनुहुन्छ ।

 

केन्द्रीय सदस्य महिला खुलातर्फ विष्णुकुमारी सापकोटाले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सदस्यसमेत रहनुभएकी सापकोटा हाल राष्ट्रिय सभा सदस्य हुनुहुन्छ ।

 

भगवती काफ्ले भण्डारीले पनि केन्द्रीय सदस्य महिला खुलातर्फ उम्मेदवारी दिनुभएको छ । केन्द्रीय सदस्य प्रत्यक्ष खुलातर्फ इन्जिनियर अमृत ज्ञवालीले उम्मेदवारी दिनुभएको छ ।

 

केन्द्रीय सदस्य आदिवासी जनजातितर्फ छन्दबहादुर पहराई मगरले उम्मेदवारी दिनुभएको छ । पार्टी सङ्गठनको काममा निरन्तर सक्रिय रहनुभएका उहाँले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १० वर्ष काम गर्नुभएको थियो ।

 

त्यसैगरी, केन्द्रीय सदस्य लुम्बिनी प्रदेश खुलातर्फ धनेन्द्र कार्की र मोतिलाल भण्डारीले उम्मेदवारी दिनुभएको छ । कार्की लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा पूर्वसांसद हुनुहुन्छ भने भण्डारी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य हुनुहुन्छ ।

 

लुम्बिनी प्रदेश, ३५ वर्षमुनिका युवा महिलातर्फ सुष्मा पाण्डेले उम्मेदवारी दिनुभएको छ । पेशागत तथा विषयगत क्षेत्र खुलातर्फ सीए पदम भट्टराईले उम्मेदवारी दिनुभएको छ ।

 

प्रजातन्त्र सेनानीतर्फ मुक्ति कँडेल र अल्पसंख्यकतर्फ पदमबहादुर खवासले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय