बाँके । संविधानसभा सदस्य अशोककुमार रोकाया ‘सङ्कल्प’ को निधन भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२, ढकेरी उद्यानका स्थायी बासिन्दा रोकाया ६९ वर्षको हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेकपा (माओवादी)बाट समानुपातिकतर्फ २०६४ सालको संविधानसभा सदस्य बन्नुभएको थियो ।
छोरी मञ्जु रोकायका अनुसार रोकाया लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । असोज १६ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत उहाँको मङ्गलबार बिहान उपचारकै क्रममा निधन भएको हो ।


S.K. Creative Media Group