दाङ । दाङको लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार वरिष्ठ लेखा अधिकृतको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसीको ज्यान गएको हो ।

केसी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उपचारका लागि लमही अस्पताल लगिएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि प्रहरीले बस, बस चालक लाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय